ओलीले गरे सबै संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्त (हेर्नुहोस सूची)

काठमाडौँ, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भोलिपल्ट गत मंसिर ३० गतेको बैठकले राईलाई अख्तियार प्रमुखमा सिफारिस गरेको समिति सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीनिकट मानिने राईले एक वर्षअघि गृह सचिवबाट अवकाश पाएका थिए ।

यस्तै सरकारले संवैधानिक निकायहरुमा अन्य रिक्त पदमा पनि नियुक्तिका लागि गरिएको सिफारिस गरेको जनाइएको छ । कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पूर्वआईजीपी जय बहादुर चन्द पनि अख्तियारमा आयुक्त भएका छन् ।

संसद् विघटन भएसँगै संसदीय सुनुवाईको पक्रियामा नगईकन उनीहरूको पदस्थापन हुनेछ । परिषदले अन्य रिक्त पदाधिकारीहरू पनि नियुक्त गरेको छ ।

को कहाँ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अध्यक्ष : प्रेमकुमार राई

सदस्य : जयबहादुर चन्द

किशोरकुमार सिलवाल

निर्वाचन आयोग

सदस्य: रामप्रसाद भण्डारी

डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष: टपबहादुर मगर

सदस्य: मनोज दुवाडी

डा. सूर्य ढुंगेल

लिली बस्नेत थापा

मिही ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

सदस्य: जुद्ध गुरुङ

अमरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमलाकुमारी पराजुली

सदस्य: कृष्णकुमारी पौडेल खतिवडा

विद्याकुमारी सिंहा

दलित आयोग

अध्यक्ष: देवराज विक

सदस्य: मिना सोभ

पर्शुराम रमतेल

कुञ्ज बराइली

मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष: मनप्रसाद खत्री

सदस्य: रामचन्द्र जोशी

हरिभक्त जोशी

जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्ष: रामबहादुर थापा उदयपुर

सदस्य: मीन श्रीस मगर गुल्मी

मिनसिंह लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य: जिवक्ष साह

रेणुदेवी शाह

विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

बबिता चौधरी

सुबोधसिंह थारु

भोलाराम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अली

मिर्जाअर्सद बेग

Loading...