पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौँ, ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो।

Loading...