संसद विघटनको बिरोधमा मसाल जुलुस प्रदशन

 

काठमाडौँ। जनता समाजबादी पार्टीले सरकार बिरुद्द मशाल जुलुस प्रदशन गरेको छ। संसद बिघटनभए पछि सकारको बिरुद्दमा  जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ ।   संघिय राजधानी काठमाडौँका भित्रि सहरमा साँझ बांगेमुदाबात विभिन्न स्थानमा भएर असनमा पुगेर समापन भएको हो। 

सभालाई सम्वोधन गर्दै जनसरोकार समन्वय समितिका संयोजक श्यामकृष्ण प्रजापतिले सरकारको असंवैधानिक कदम फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने बताए ।

‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको यो निर्णय स्वेच्छाचारी र असंवैधानिक छ,’ जसपा काठमाडौं जिल्लाका अध्यक्ष समेत रहेका प्रजापतिले भने । ‘यो कदम सरकारले फिर्ता लिनैपर्छ, नभए यसको नतिजा भोग्न तयार होउन् ।’

आज विहान बसेको मन्त्रीपरिषद्को वैठकको सिफारीसलाई अनुमोदन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेका छन् भने प्रधानमन्त्री ओलीले आगामी वैसाख २३ गते मध्यावधि निर्वाचन  गर्न प्रस्ताव गरेका छन् । 

Loading...