अख्तियारका पूर्व प्रमुख आयुक्‍त दीप बस्न्यात ललिता निवास प्रकरणमा जेल चलान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेश पछि प्रहरीले बस्न्यातलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश […]

मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या

मोरङ । मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए । हत्यामा नेत्रविक्रम चन्द […]

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क दिइने

एजेन्सी । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप […]

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् । ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी […]

‘सिद्धबाबा’ बलात्कार मुद्दामा अदालतमा देखियो अनौठो दृष्य

विराटनगर, २२ मंसिर । सुनसरी जिल्ला अदालतमा बलात्कार सम्बन्धी एक मुद्दामा अनौठो दृष्य देखिएको छ । जिल्ला अदालतको इजलासमा एकल बहस भयो । अदालतको दर्ता फाँट, श्रेस्तेदारदेखि न्यायाधिशले समेत सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै लेखेको पत्र नबुझ्दा आजको इजलासमा सरकारी वकिल उपस्थित नै भएनन् । बलात्कारको आरोप लागेका व्यक्तिका तर्फबाट बहस गर्न गएका […]

लोकसेवा आयोगको सर्भर ह्याक गरेर उपद्रो गर्ने तीन पक्राउ

काठमाडौं, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ […]

कौशलटार कार दुर्घटनामा मृत भेटिएकी रियाकी आमाले हत्या आशंकामा दिइन किटानी जाहेरी

काठमाडौं, २१ मंसिर । भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा मृत भेटिएकी रिया श्रेष्ठको परिवारले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ । शनिवार राति भएको कार दुर्घटनामा काठमाडौंकी ३० वर्षीया रिया श्रेष्ठको ज्यान गएको थियो । आइतबार बिहान क्षतिग्रस्त कारको बाहिर श्रेष्ठको शव भेटिएको थियो । सुरुमा शवको पहिचान नभएपनि पछि उनको सबै परिचय खुलेको […]

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु […]

कोरोना संक्रमित विमितको बिमा रकम तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो। मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्। ‘कोरोना बीमा […]

मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार

झापा । शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । सहकारीले उनको ६ कट्ठा १५ धुर जग्गा धितोमा राखेर २० लाख रुपैयाँ दिने गरी ऋण स्वीकृत गरेको थियो । तर, मालपोतका खरिदार इन्द्र राजवंशीले कागजात नपुगेको भन्दै कर्मचारीले […]