मोरङ । मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ ।
मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए ।
हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शैन्य तालिम हुँदै आएको थियो । सोही क्षेत्रबाट विप्लवका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए ।