सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ ।

नेपाल र चीनले संयुक्त रुपममा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालका पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले उचाई सार्वजनिक गरेका हुन् ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा भएको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाई नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।

Loading...