काठमाडौं, १० पुस । संघीय प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद विघटन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा प्रम ओलीले अधिकांश प्रचण्डका मान्छेहरुलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहका पाँच नेतालाई मन्त्री बनाउन लागेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा टोपबहादुर रायमाझीसहित पूर्व माओवादीका प्रभु साह, मणि थापा, हरिशंकर चौधरी र दावा लामालाई ओलीले बनाएका छन् ।
संसद विघटन र नेकपामा आएको फूटमा आफूलाई साथ दिने पूर्वमाओवादी समूहका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्रिमण्डलमा लैजान लागेका हुन्। यसअघि मन्त्रिपरिषदमा पूर्व माओवादीका तर्फबाट रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्री छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। प्रधानमन्त्रीले आज रिक्त ऊर्जा, कृषि, पर्यटन, शिक्षा, श्रम, खानेपानी, वन मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले प्रचण्डका मान्छेहरुलाई मात्र मन्त्रि बनाएपछि लामोसमयदेखि ओली नजिक देखिएका नेताहरु रुष्ट बनेको देखिएको छ ।







