नेकपाका प्रचण्ड, माधव र झलनाथसहितका नेताहरु बसे सडक धर्नामा

काठमाडौं, १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक प्रदर्शनमा उत्रिएको छ। प्रदर्शनमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी छन्।

प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी यहाँ छौं भन्दै धर्नामा बसेका थिए ।

‘असंवैधानिक संसद विघटन खारेज गर’, प्रतिगमनकारीहरु होसियार, ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद’, ‘असंवैधिानिक ‘कू’ खारेज गर’, ‘विधिको शासन लागू गर’ लगायतका नारा उनीहरूले लगाएका थिए।

निर्वाचन आयोग हिँडेको जुलुसलाई भने प्रहरीले जमलमै रोकेको छ। अहिले प्रचण्ड–नेपाल लगायतका नेताहरु आधिकारिक नेकपा आफू भएको दावी गर्दै निर्वाचन आयाेग पुगेका छन्।

Loading...