बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा

काठमाडौं, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल प्रस्तावक रहेर अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । हालका मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी ओलीका कट्टर समर्थक हुन भने जमरकट्टेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर हुन् । पक्षमा ३३ मत रहेको छ भने उपनेता जमरकट्टेलको पक्षमा ४५ मत रहेको छ । बागमती प्रदेश सभामा नेकपाका कूल ८० जना सांसद हुन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविवश्वासको प्रस्ताव दर्ता गरी नेकपा नेता अष्टलक्ष्मी शाक्यलाई सो पदमा नियुक्त गर्न प्रस्ताव दर्ता गरिएको छ।

यसैबीच बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले राजिनामा दिएका हुन् ।

अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुको नामावली

बुद्धिमान माझी, शान्तिप्रसाद पौडेल, शालिकराम जम्कटेल, सीता अधिकारी, हिमाली गोले, हिरानाथ खतिवडा, अरुणप्रसाद नेपाल, अष्टलक्ष्मी शाक्य, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कञ्चन खनाल, ओमबहादुर ग्लान, कुमारी मोक्तान, कुसुम कुमार कार्की, कृष्णप्रसाद भुर्तेल, कृष्णप्रसाद शर्मा खनाल, केशव प्रसाद पोख्रेल, घनश्याम दाहाल, जगतबहादुर सिम्खडा, जीवन खड्का, दिनेश महर्जन, देवकी श्रेष्ठ, पशुपति चौलागाई, पार्वती सिलवाल, प्रकाश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, प्रेमबहादुर पुलामी, भावना सुवेदी, माधवप्रसाद पौडेल, मीना ज्ञवाली नेपाल, मुनु सिग्देल, युवराज दुलाल, रचना खड्का, रत्नप्रसाद ढकाल, रमा आले मगर, राजकाजी महर्जन, राजेन्द्र प्रसाद पाण्डे, राजेन्द्रमान श्रेष्ठ, रामलाल महतो, लक्ष्मण लम्साल, लालकुमारी पुन, लेखनाथ दाहाल, वसन्तप्रसाद मानन्धर, विशाल खड्का

Loading...