ओली समूहले भन्यो, ‘महासचिव र माइन्यूट हामीसँग भएकोले प्रचण्ड-माधव समूह अवैध होे’

काठमाडौं, ७ पुस । एकतर्फी पार्टी केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ ।

आज बालुवाटारमा बसेको आफ्नो समूहको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता प्रदिप ज्ञवालीले प्रचण्ड माधव नेपाल समूहको बैठक आधिकारिक नहुने बताएका हुन् । परराष्टमन्त्री समेत रहेका ज्ञवालीले आजकै बैठकबाट प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।

नेता ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’

ज्ञवालीले पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने प्रष्टसँग लेखेको बताउँदै आफूहरु नै वैधानिक भएको दावी गरे ।

उनले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबीसमेत गरे ।

Loading...