प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको छ । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । ‘आजका लागि तय गरिएको बैठक स्थगित भएको छ’ नेकपा महासचिव विष्णु […]

चीनले यस्तो बनाउँदैछ दरवार हाइस्कूल, राष्ट्रपति भण्डारी चकित

काठमाडौं, २५ २०७६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार दरवार हाईस्कुल लगायतका विभिन्न सम्पदाहरुको पुननिर्माण कार्यको स्थलगत अवलोकन गर्नुभएको छ । वि।सं। २०७२ सालको महाभूकम्पद्वारा क्षति पुगेका दरवार हाईस्कुल, रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको भण्डारीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणले गति लिएको […]

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । राजनीतिक प्रतिशोधका आधारमा पार्टी उपाध्यक्ष विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुमा कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको र प्रतिशोधका आधारमा विपक्षलाई सिध्याउने हिसावले कारवाही अगाडि बढाएको आरोप लगाए । […]

दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल

विराटनगर, २४ माघ । नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा […]

चलाउनै नजान्ने सांसदले ल्यापटप पाउने, नजान्नेलाई स्वकीय सचिवले सिकाउने

जनकपुरधाम, प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेशसभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाइ ल्यापटप प्रदान गर्ने भएको हो ।प्रदेश २ का सभामुख सरोज कुमार यादबले प्रदेश सभालाइ पेपरलेस बनाउने अभियानका लागि प्रदेशसभामा ल्यापटप आइसकेको र अब केही दिनभित्रै सबैलाई वितरण गरिने जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन […]

चीनबाट ल्याइएका नेपालीलाई ४ ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका […]

नेपाली कांग्रेसद्धारा संसद अवरुद्ध

काठमाडौं, २३ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको […]

हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, २३ माघ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन […]

विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु: बाबुराम भट्टराई

काठमाडौं, २३ माघ। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् । ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । […]

प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल

काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग […]