भरतपुरमा गठबन्धनले संयुक्त सभा आयोजना गर्ने, दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले बताए।

सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, अर्का नेता शेखर कोइरालालगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि सम्बोधन गर्नेछन्।

सभा भरतपुरको हाकिम चोकमा हुनेछ। भरतपुर महानगरपालिका कांग्रेसबाट गठबन्धनका उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारका कारण चर्चामा रहेको छ।

Loading...