बुद्ध एयरले काठमाडौं–बनारस उडान पुनः सुचारु गर्ने

काठमाडौँ । बुद्ध एयरले मे २३ बाट बनारस उडान पुनः सुचारु गर्ने भएको छ। बुद्धले हप्तामा दुईदिन उडान भर्ने भएको हो।

बुद्ध एयरका अनुसार सोमबार र शुक्रबार उडान हुने भएको छ। उडान सुरू भएको केही समयपछि बुधबार पनि हुने जनाएको छ।

हाल एकतर्फी भाडा ८ हजार ५११ रूपैयाँ तोकिएको छ। उडान समय ५० मिनेटको हुने छ। काठमाडौं–वनारस बिहान ७ः१५ र वनारस–काठमाडौं भारतीय समय ८ः३०मा उड्ने कम्पनीले जानकारी दिएको छ।

Loading...