डियर कमरेड ! छैन अस्पताल, अस्पताल जस्तो

“डियर कमरेड! छैन अस्पताल, अस्पताल जस्तो “

लेखक

डियर कमरेड शंकर !शुभकामना तथा बधाई,थोरै समयमा यस्तो जिम्मेवारी हजुरको काँधमा आएको छ यसलाई अवसर र चुनौती दुबै ठाननु होला किन की जहाँ हजुर हुनुहुन्छ त्यों अत्यन्त सम्बेदंनसिल निकाय भन्न म रुचाउँछु र यसलाई त्यही नजरले हेर्नु हुन अनुरोध पनि छ।यहाँ पहिले देखि नै यो भयो त्यों भयो किन भएन कहिले हुन्छ फलनाको पालामा यस्तो थियो अहिले यस्तो भनेर भन्ने र कुरा काटने छुट्टै जमात र समस्याका चांङ नै छ भनेर भन्दा फरक नपर्ला।

अब लागौ कुरोको जुरो तिर नेपाल सरकारले स्वास्थ्य सेवा लिने प्रवृतिमा बढोत्तरी गरी रहे पनि अर्कातिर जन अपेक्षा अनुरुप सरकारले स्वास्थ्य उपचार सेवा दिन नसकेको भनेर बेला बेलामा समाचार सुन्न र हेर्न पाइएको छ। जनताले निजी स्वास्थ्य संस्था मार्फत महंगोमा सेवा लिई रहेका छन भने अर्का तिर सरकारी अस्पताल मार्फत सेवाको विस्तार सान्दर्भिक रुपमा सहज सरल र प्रभावकारी हुन सकिरहेको छैन यसलाई बिशेष ध्यान दिनु होला ।

अस्पताल जस्तो सम्बेदंनसिल निकायलाई पनि राजनीती सँग जोडेर फरक नपारी यसको थप बिकास सेवा सुबिधामा टेवा पुग्ने खालका कार्यक्रम होस् या प्रबधन गर्ने ,ब्यस्थापन दिगो गर्नेमा महत्व दिनु होला। यस्तो निकायलाई राजनीती गर्ने,भवन मात्र बनाउने,कमिसन घुस खोरी खानेलाई बन्धेज गरी बृद्ध, सुत्केरी,बाल बालिकाका सेवा सुबिधालाई ध्यान दिनु होला।

एउटा भनाई छ ‘Right person on right post on right time’ भन्ने उक्तिलाई शिरोपर गरी तपाईको कार्यकालमा शिलायन्स गर्ने,यति र उति शैय्याको बनाए,यो उपकरण राखे भनेर भाषण गर्दै मिडियामा चिच्याउदै हिड्नु भन्दा त्यस उपकरणलाई दिगोगर्ने ,मर्मत सम्भार गर्ने,सहज औषधि उपलब्ध गराउने,दक्ष चिकित्सकको दरबन्दी दिनेमा ध्यान दिनु होला।

जनताले हजुरको पालामा यस्तो काम भयो भनेर आफै भन्दै हिड्ने बातावरण तयार पार्नु होला।कर्मचारी ब्यस्थापन,सरकारले दिने सम्पुर्ण औषधि उपलब्ध गराउने,एम्बुलेंसको २४/७ उपलब्ध गराउने साथै अहिले जिल्लामा धेरै पर्यटक आउने बातावरण भएका कारण दुर्घटनाका जोखिम न्यूनि कारण गर्न र आकस्मिक उपचारका लागी ट्रमा सेन्टर बनाउने लक्ष्य राख्नु होला।

हाल कुस्मा पर्यटकको हब बनिरहेको अवस्था र धौलागिरीको मूल द्वार कुस्मा रहेको हुदा दुर्घटनाको जोखिम कम गर्न बिभिन्न निकाय सँग समन्वय गरी ट्रमा सेन्टरका लागि पहल गर्नु हुन अनुरोध छ। निजी अस्पातल महँगो साथै ख़र्चीलोलाई ध्यान राखी सस्तोमा उपचार,आकस्मिक सेवा २४/७ ,अनुगमन जाँच सधै गर्नु होला।

उपकरण छ, चलाउने जनशक्ति नहुनु,कर्मचारी दिगो नरहनु, उपकारण अनुसारका सेवा नदिने वा छैन भनेर फर्काउने,धेरै समय कुराउने र अन्त्यमा डाक्टर भएन,उपकरणले काम गरेन,बिधुत पानीको अभाव देखाएर झारा टार्ने कामलाई निरीक्षण गर्ने र कर्मचारीको लापरबाहीलाई टेवा दिने नगर्नु होला।

सहीलाई सही र गलतलाई गलत भन्ने परिपाटीको बिकास गराउने तपाई यो अस्पतालमा नजिकका मात्र सेवा ग्राही नभई टाढा टाढाका गरीब निमुखा पनि छन है भन्ने खालको चेतना राख्नु होला।

उपचार गराउन आउने बिरामी अनपढ़ ,अबूझ र धेरै टाढा देखि पनि आउने हुन सक्छन् त्यसलाई सामान्य ठान्ने र २४/७ हेल्प डेस्क जस्तो ब्यबस्था गराउनु होला।

अहिले कोरोनाका चरम समयमा चिकित्सक ,बिरामी को मनोबल बढाउने खालका काम र चेतना अभिबृदि कार्यकम गाउ गाउँमा गराउनु होला।

हजुर राजनितिक दलको ब्यक्ति नठानी राजनतिक भाषण भन्दा बिरामीको सेवा र फाइदा दिने जन चेतना मूलक भाषण दिनु होला।

बेला बेला सुनिने समयमै उपचार नहुने,लामो पालो पर्खनु पर्ने , एक्सरे मेसिन छ तर चलेन भन्ने उत्तर दिने,सिटामल र कंडोम भन्दा केहि नपाइने जस्ता समस्या आई रहेका छन यसलाई तुरुन्त हेर्नु होला।पदको उचित सम्मान र अस्पताल छिर्ने बितिकै मुस्कान सहितको उपचार र सरसफाईलाई ध्यान दिनु किनकी कति रोग अस्पताल छिर्ने बितिकै र चिकित्सकको उपचार गर्ने बिधिले पनि धेरै दर्शाउने गर्दछ।

नया समस्याहरूको पहिचान गरी अस्पताल,कर्मचारी,सेवाग्रहि ले बेहोरिरहेका सबैखाले समस्याहरूबारे एकिन गर्ने र समाधानका उपाय खोज्ने बिमर्स गर्ने।नया नया प्रबिधि भित्राउने ,कसरी हुन्छ समय मै उपचार गरेर घर फ़र्क़न सकुन भन्ने मनसाय बनाउने।

निकट भविष्यमा अस्पताल सुधारमा कस्ता योजना बनाउदा ठीक, भौतिक पूर्वाधार,कार्य संचालन पूँजी,ब्यस्थापन र जनशक्ति कसरी मिलाउने जस्ता गहन बिषयमा छलफल गरी कार्यान्वयन गर्न कहाँ कसरी हुन्छ पहल गर्ने।

कर्मचारीको बेला बखत चेक जाच गर्ने र चिकित्सकलाई आफ्नो काम नभई सेवा र धर्म हो भन्ने अनुभूति देखाउने ।ब्लड बैंक,प्रसूति सेवा,ट्रमा सेन्टर जस्ता अति आवश्यक के छ त्यसलाई बर्गिकरण गरी प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने त्यसैले कामरेड अस्पताललाई अस्पताल जस्तो बनाउन हजुरको नेतृत्वमा बिशेष ध्यान जाने छ भन्नेमा आशावादी र बिस्वस्त छौ।

उही हजुरको शुभचिन्तक
-सचिन्द्र श्रेष्ठ

Loading...