प्रहरी प्रमुखमा धिरज प्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हाे ।

स्राेतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा प्रधानमन्त्री देउवाले अडान लिएपछि सिंह आईजीपीमा नियुक्त भएको बताइकाे छ । 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि राखेको थियाे । त्यतिबेला उनकाे एकल बढुवाका बारे निकै विवाद भएको थियाे । 

Loading...