कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । किनभने, ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय […]

कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । शनिबार र […]

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’ ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप […]

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित, माघ २८ गते बस्ने

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज तेस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ । बिहीबार र शुक्रबार पनि कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित […]

आश्रममा ६ घन्टा खानतलासी गर्दा पनि भेटिएनन बमजन, ७७ जिल्लामै पक्राउ सर्कुलर जारी

सिन्धुली, २५ माघ । अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको तथा यौन दुर्व्यवहार गरेको आरोप लागेका तपश्वी रामबहादुर बमजनलाई खोज्दै प्रहरी टोली शुक्रबार विहानैदेखि कमलामाई नगरपालिका–८ पैरेमा रहेको उनको आश्रम घेराउ गरी खानतलासी गरेको छ । सीआईबी, प्रदेश २ को दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित बमजनको आश्रममा खानतलासी गरेको […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको छ । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । ‘आजका लागि तय गरिएको बैठक स्थगित भएको छ’ नेकपा महासचिव विष्णु […]

चीनले यस्तो बनाउँदैछ दरवार हाइस्कूल, राष्ट्रपति भण्डारी चकित

काठमाडौं, २५ २०७६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार दरवार हाईस्कुल लगायतका विभिन्न सम्पदाहरुको पुननिर्माण कार्यको स्थलगत अवलोकन गर्नुभएको छ । वि।सं। २०७२ सालको महाभूकम्पद्वारा क्षति पुगेका दरवार हाईस्कुल, रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको भण्डारीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणले गति लिएको […]

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । राजनीतिक प्रतिशोधका आधारमा पार्टी उपाध्यक्ष विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुमा कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको र प्रतिशोधका आधारमा विपक्षलाई सिध्याउने हिसावले कारवाही अगाडि बढाएको आरोप लगाए । […]

दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल

विराटनगर, २४ माघ । नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा […]

चलाउनै नजान्ने सांसदले ल्यापटप पाउने, नजान्नेलाई स्वकीय सचिवले सिकाउने

जनकपुरधाम, प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेशसभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाइ ल्यापटप प्रदान गर्ने भएको हो ।प्रदेश २ का सभामुख सरोज कुमार यादबले प्रदेश सभालाइ पेपरलेस बनाउने अभियानका लागि प्रदेशसभामा ल्यापटप आइसकेको र अब केही दिनभित्रै सबैलाई वितरण गरिने जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन […]