कांग्रेसले एमालेले लगाएका आरोपको पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्दै

काठमाडौँ, २६ बैशाख । सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो। कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। […]

गोरखा कांग्रेसले गर्‍यो ६ जना बागीलाई कारबाही

गोरखा । नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् । कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का […]

शनिवार राष्ट्रिय सभागृहमा नमूना मतदान सम्पन्न

काठमाडौं । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नमूना मतदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले शनिवार निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम राखेको हो । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीलाई तालिम दिने सिलसिलामा नमूना मतदान गरिएको जनाएको छ । निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि […]

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट । बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सि १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एकएक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र […]

पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने : : प्रधानमन्त्री देउवा

बैशाख २४ , तनहुँ ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताउनु भएको छ  ।नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको  हो । ओलीले आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि […]

चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र पुग्यो

चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिका सहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा […]

डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका […]

नेपाः राष्ट्रिय पार्टीले गर्यो प्रतिवद्दता पत्र सार्वजनिक

बैशाख २३,काठमाडौँ ।  स्थानीय निर्वाचनमा भाग लिएका नेपाः राष्ट्रिय पार्टीले प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ ।  काठमाडौँ महानगरपालिकामा मेयर पदमा उमेदवारी दिएका पार्टीका  केन्द्रिय अध्क्षय डा. बिजय सौजुले आज एक कार्यक्रम बीच आज आफ्नो प्रतिवद्दता पत्र सार्विजनिक गरेको हो ।  डा .सौजुले  महानगरपालिकाको मेयर पदमा जितेर गएको अवस्थामा विशेष गरी शिक्षा स्वास्थ्य आवासको व्यवस्थापन तथा […]

कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा गलत प्रचार गरी महिलाको अवमूल्यन गरेकोमा प्रचण्डको आपत्ती

काठमाडौं । पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिले कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् । उक्त कार्यको आफूले विरोध गर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाको […]

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुई जना गम्भीर भाइते भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनको अगाउपानीमा उनीहरूबीच शुक्रबार दिनभर झडप भएको प्रहरीले जनाएको छ । झडपमा […]