नेपाः राष्ट्रिय पार्टीले गर्यो प्रतिवद्दता पत्र सार्वजनिक

बैशाख २३,काठमाडौँ ।  स्थानीय निर्वाचनमा भाग लिएका नेपाः राष्ट्रिय पार्टीले प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ ।  काठमाडौँ महानगरपालिकामा मेयर पदमा उमेदवारी दिएका पार्टीका  केन्द्रिय अध्क्षय डा. बिजय सौजुले आज एक कार्यक्रम बीच आज आफ्नो प्रतिवद्दता पत्र सार्विजनिक गरेको हो ।  डा .सौजुले  महानगरपालिकाको मेयर पदमा जितेर गएको अवस्थामा विशेष गरी शिक्षा स्वास्थ्य आवासको व्यवस्थापन तथा भाषा संस्कृति र सम्पदा संरक्षणको क्षेत्रमा ठोस कार्यहरु अघि बढाउने प्रतिवद्धता जाहेर गरेको छ  । साथै महानगर भित्रको विकृति र विसंगतिलाई निराकरण गर्दै सुरक्षित र व्यवस्थित नगर निर्माणलाई सुनिश्चित गर्ने योजनाहरु तर्जुमा गरेको छ ।

उहाले सार्वोजनिक गरेको प्रतिवाद्द्तामा –

१  महानगरवासी बालबालिकाहरुलाई निःशुल्क र अनिवार्य शिक्षाका साथै मातृभाषावाट पठनपाठनको व्यवस्था गर्ने ।

२ . सम्पूर्ण महानगरवासीहरुलाई निःशुल्क स्वास्थ्य जाँचको म्यारेन्टी गरी निःशुल्क औषधिको पहुंच पुन्याउने ।

३  . सुकुम्बासी समस्यालाई समाधान गरी महानगरमा भइरहेको अध्यवस्थित आप्रवासनको समस्यालाई व्यवस्थित गर्ने ।

४  .  नेपालमा विद्यमान विश्व प्रसिद्ध सांस्कृतिक सम्पदाहरुलाई जगेर्ना र तिनको संरक्षणमा विशेष जोड दिने ।

५ विकासको नाममा भइरहेको विनास कार्यलाई तत्काल रोक्ने र डोजर आतंकबन्द गरी महानगरवासीलाई राहत प्रदान गर्ने ।

६. पृथक क्षमता भएका महानगरवासीहरुको अधिकार सुरक्षित गर्ने । Q. महानगरवासीहरुको जीउधनको सुरक्षाको पूर्ण ग्यारन्टी गर्ने ।

७  . दुषित हुँदै गरेको महानगरको वातावरण स्वच्छ बनाई सफा र सुन्दर महानगर निर्माण गर्ने ।

९ . ठोस नीतिहरु बनाई कडा पूर्वक कार्यान्वयन गरी महानगरमा सुशासनको कायम गर्ने ।

१०. महानगरपालिका भित्र भइरहेका संस्थागत भ्रष्टाचारलाई तत्काल नियन्त्रण गरी घूस लिने र दिने प्रथालाई सधैँका लागि अन्त्य गर्ने । 

रहेका छन् । 

Loading...