शनिवार राष्ट्रिय सभागृहमा नमूना मतदान सम्पन्न

काठमाडौं । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नमूना मतदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले शनिवार निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम राखेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीलाई तालिम दिने सिलसिलामा नमूना मतदान गरिएको जनाएको छ ।

निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन गरिरहेको जनाएको छ ।

Loading...