सिम्रोनगढमा कांग्रेस र लोसपाका कार्यकर्ताबीच झडप, मतदान रोकियो

बारा । बाराको सिम्रौनगढ नगरपालिका(२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

दैलेखमा एमाले र मजदुर किसान पार्टीबीच झडप

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई […]

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल […]

श्रीलंकामा सेनालाई गोली हान्ने आदेश

कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन। सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ […]

सबै पार्टी डुलेर फेरि एमालेबाट मेयर किन ? मतदाताले स्थापितलाई प्रश्न गर्नुपर्योः गगन थापा 

बैशाख २७ , काठमाण्डाै ।   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेका तर्फबाट काठमाण्डाै महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर फेरि दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो ।  गठबन्धनको तर्फबाट आज मंगलबार असनमा गरिएको काठमाण्डाै महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले  स्थापितलाई यसरी डुलेको बारेमा काठमाण्डाैका मतदाताले प्रश्न गर्नुपर्ने उहाँले बताउनुभयो […]

सेनाले बनायो निर्वाचन सुरक्षाका लागि ८३४ ‘अप्रेसन बेस’, संसद भवनको सुरक्षामा पनि सेना

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी […]

दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ। कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो। उनको शव दाङ […]

आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौँ । आज मंगलबार मध्यरातिदेखि नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द हुँदैछन्। स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय सरकारले गरेको हो। निर्वाचनमो मौन अवधि पनि आज मध्यराति देखि नै सुरु हुँदैछ। मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। सीमावर्ती जिल्लाका […]

युक्रेन ईयूमा सामेल हुन एक दशक लाग्न सक्ने फ्रान्सका राष्ट्रपतिको भनाई

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेन ईयूमा सामेल हुन एक दशकभन्दा लामो समय लाग्न सक्ने बताएका छन्। सोमबार युरोपेली आयोग (ईयू)को संसदमा सम्बोधन गर्दै म्याक्रोँले यस्तो बताएका हुन्। म्याक्रोँले यसको सट्टामा युक्रेन तत्कालका लागि ईयूमा सामेल हुने प्रक्रिया चल्दै गर्दा समानान्तर युरोपेली समुदायमा सामेल हुन सक्ने बताएका छन्। समानान्तर सम युरोपेली समुदायमा आबद्ध भएपछि […]

नयाँ मतदाताहरूलाई मतदान केन्द्रबाटै मतदान अधिकृतले परिचयपत्र दिने

काठमाडौँ, २७ बैशाख । वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने भएको छ।   नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाराउने  निर्वाचन आयोगले जनाएको छ । पुरानो मतदाता […]