सबै पार्टी डुलेर फेरि एमालेबाट मेयर किन ? मतदाताले स्थापितलाई प्रश्न गर्नुपर्योः गगन थापा 

बैशाख २७ , काठमाण्डाै ।   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेका तर्फबाट काठमाण्डाै महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर फेरि दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो ।  गठबन्धनको तर्फबाट आज मंगलबार असनमा गरिएको काठमाण्डाै महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले  स्थापितलाई यसरी डुलेको बारेमा काठमाण्डाैका मतदाताले प्रश्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले अघिल्लो चुनावमा गरेको प्रतिबद्धतालाई पूरा नगरेर एमालेले मतदाता र काठमाण्डाैवासीलाई हेपेको आरोप लगाउनु भयो । महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष खेर फाल्ने कार्य गरेकाले अभियुक्त भएको टिप्पणी गर्नु भयो  । गठबन्धनको सभामा बोल्दै गर्दा थापाले भने,  ‘अहिले भृकुटीमण्डमा बोल्दै गर्दा केपी शर्मा ओली प्रधानमन्त्रीकै रुपमा बोलेको हुनुपर्ने हो कि होइन ? संसद भंग किन गरेको हो ? मूल झगडियाले माफी माग्नु पर्छ कि पर्दैन ?’

पूर्वप्रधानमन्त्री ओलीले २२९ सडकका लागि शिलन्यास गर्दै गर्दा बजेट विनियोजन नगरी   ‘ ट्याक् ट्याक् ’  स्विच थिचेर झुक्याएको बताउनु भयो  । कोरोना संक्रमणको समयमा  ५ हजार जनतालाई बचाउन सकिने भएपनि ओली सरकारकै कारण ज्यान गएको उनले आरोप लगाउदै उनीहरु मारिएको आरोप लगाउनु भयो  । ‘ जनता कोराना संक्रमणले मरिरहेका थिए , उनीहरु संसद अपहरण काण्डमा ब्यस्त थिए ,  अहिले सजाय पाउने पालो एमालको हो’ थापाले भन्नु भयो ।

 
Loading...