मौनअवधिमा भोजभतेरदेखि पैसा बाँड्नेलाई कारवाही गर्न आयोगले खटायो १९ वटा उच्चस्तरीय टोली

बैशाख २७,काठमाडौँ। निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारवाही गर्न १९ वटा उच्चस्तरीय टोली खटाएको छ। आयोगले आज मंगलबार पत्रकार सम्मेलन गर्दै आचारसंहिता उल्लंघनका घटना छानविन गर्न र तत्काल कारवाही गर्न सक्ने अधिकारसमेत दिएर १९ वटा उच्चस्तरीय टोली संवेदनशील स्थानमा परिचालन गरिएको जनाएको छ।

आयोगले खताइएको यस्तो टोलीलाइ मौन अवधिमा भोजभतेरदेखि पैसा बाँड्ने, मतदातालाइ आकर्षित पार्ने  गतिविधि गरेको अवस्कोथामा  भिडियो खिचेर ठाउँको ठाउँ कारवाही गर्न अधिकार दिइएको छ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनुगमन टोलीलाई निर्वाचनको गोपनियतामा असर नपर्नेगरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायांकन गर्न सक्ने अधिकार दिइएको छ ।  मौन अवधिमा आमसभा, गोष्ठी सम्मेलन, भोजभतेर पैसा बाँड्ने काम भइरहेको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति दिने कामको अनुगमन गरी तत्काल आवश्यक कारवाही गरी आयोगलाई जानकारी गराउने अधिकार पनि  दिइएको छ।

 

Loading...