परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने

बैशाख २७, काठमाडौं । वैशाख ३० गते हुने  स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएको छ ।

 निर्वाचन आयोगले आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताउदै  नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको  बताउनु भयो ।

 

Loading...