दैलेखमा एमाले र मजदुर किसान पार्टीबीच झडप

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुबनेश्वर प्रसाद शाहले जानकारी दिए ।

झडपले उग्ररुप लिन थालेपछि यो केन्द्रको मतदान स्थगित भएको छ । मतदान पुनस् सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।

Loading...