आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौँ । आज मंगलबार मध्यरातिदेखि नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द हुँदैछन्।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय सरकारले गरेको हो।

निर्वाचनमो मौन अवधि पनि आज मध्यराति देखि नै सुरु हुँदैछ। मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

भारत र चीनसँग सीमा जोडिएका नेपालका ४२ जिल्लाका सीमा नाका आज राति १२ बजेदेखि ३० वैशाखको साँझसम्म बन्द गर्न लागिएको हो।

 

Loading...