नयाँ मतदाताहरूलाई मतदान केन्द्रबाटै मतदान अधिकृतले परिचयपत्र दिने

४ लाख भन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौँ, २७ बैशाख । वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने भएको छ।  

नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाराउने  निर्वाचन आयोगले जनाएको छ । पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ। 

बैशाख ३० गते हुने  स्थानीय निर्वाचनका लागि  देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठका अनुशार  मतपत्रहरू सबै जिल्लामा पुगिसकेको  छ।  मतपत्र  सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतहरूलाई बुझाउने कामहरू  भइरहेको  छ।

निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन्।

Loading...