सिसडोल भरियो , फोहर व्यवसथापन गर्न समस्या

बैशाख २६ ,काठमाडौं । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिदै आएको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिए पछी फोहर व्यवसथापन गर्न समस्या भएको छ  ।

उक्त स्थानमा फोहर मिलाउने काम भएकाले उपत्यका भित्र दुइ दिन देखि फोहर व्यवसथापन गर्न समस्या भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।  

 सिसडोलमा फोहर व्यवस्थापनको काम  आज सोमबार सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनु भयो  ।

हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर धादिंगको छत्रे देउराली स्थित बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ  ।  उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ महानगरपालिका बात सबै भन्दा बढी  ५०० मेट्रिकटन फोहर दैनिक निस्किने गर्दछ ।  दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल ल्लैयाण्जाड फिल साइडमा  ब्यबस्थापन गरिदै आएको छ ।  
  
 उक्त क्षेत्रका स्थानीय वासीले सडक , स्वास्थ्य लगाएतको उचित प्रवन्ध मिलाउन पटक पटक माग राखी  निरन्तरको अवरोध पछिल्पलो पटक  १४ दिनपछि शनिबारदेखि फोहर व्यवस्थापन गर्ने काम सुरु भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो ।  

फोहर लान अवरोध गरेका स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि  ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएका ठेकेदार  निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौंको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।  

 

Loading...