हिटलर, लिङ्गदेन अनि मुर्गाहरु

सबैले सुनेकै कथा हो यो, र पनि एक पटक दोहोर्याउन मन लाग्यो ।

एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखि च्यापी संसद छिरेछन् ।

सधै तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हास्दै संसद छिरेको दृश्यले सान्सदहरू मुखामुख गरेछन् ।

Gokul Karki
लेखक

मान्छे सन्कि भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि हाम्रो लागि चिकेन पार्टीको व्यवस्था गरेछन् भन्ने निष्कर्ष सहित सान्सदहरू ज्यादै खुशी भएछन् ।

संसद परिसरमा उत्सुक नजरमा हिटलरले एक राउण्ड टाउको घुमाएछन् ।
त्यहा गोयवल्स पनि थिए ।

“अनि के छ त गोयवल्स तिम्रो हालचाल । सवै ठीकै त छ ?” हिटलरबाट सोधनी भएछ ।

“ठीकठीकै छ फ्यूहरर ।” … विस्तारै विस्तारै वाकी पनि ठीक हुनेछन् ।” गोयवल्सले झुक्दै भनेछन् ।

गोयवल्स हिटलरको सञ्चारमन्त्रि थिए । कुनै पनि झूट कूरालाई एकसय पटक दोहोर्याएर भनियो भने मान्छेहरूले त्यसलाई सत्य ठान्न थाल्नेछन् भन्ने गोयवल्सको विश्वास थियो ।

त्यसैले उनी हरेक झूठलाई एकसय पटक दोहोर्याएर जनतामाझमा प्रचार प्रसार गर्थे । त्यै भएर पनि गोयवल्स हिटलरको प्रीय पात्र थिए । गोयवल्सको हालखवर सोध्नु भित्रको राज पनि त्यही नै थियो ।

हिटलरले भालेलाई यसो नियाले । एकाएक उनको मुखाकृति वदलियो । उनले भालेलाई चटपटाउन नसक्ने गरि खुट्टा र पखेटामा च्याप्प समाते । अनि एकाएक दाह्रा किट्दै भालेको प्वाख उखेल्न थाले ।

भाले कहालिन थाल्यो । छटपटिदै कराउन थाल्यो । र पनि उनको रफ्तार जारी रह्यो । हेर्दाहेर्दै भाले पुरै खुइलियो । उखेल्न बाकी एउटै प्वाख नरहेपछि अर्धमरो भालेलाई फुत्त भुइतिर हुर्याए । भाले धुन्मुनिदै हिटलरबाट ओझेल पर्यो ।

यस्तो हुनेछ भन्ने हिटलरलाई थाह थियो । उनले कोटको खल्तिमा मकैका दानाहरू बोकेका थिए । हामीभन्दा धेरै नै पढेलेखेको रैछ हिटलरको भाले । जर्मन भाषा पुरै वुझ्ने ।

मकैको गेडा भुइतिर फाल्दै हिटलरले जर्मन भाषामै “तुर्रर्र आ ।” “तुर्रर्र आह ।” भन्दै बोलाए ।

लुकेकै ठाउवाट भालेले यसो मुन्टो उठाएर हेर्यो ।

आहा । मकै खसाल्दै हिडेको एउटा दयालु हिटलर । दाना छर्दै हिडिरहेको एउटा दानी हिटलर । ग्यानी हिटलर । आफ्नो अन्नदाताप्रति भाले नतमस्तक भयो ।

अघि भर्खरै मात्र आफुलाई भुत्ल्याउने हिटलरले खसालेको दाना टिप्दै भाले पछि पछि लाग्यो । संसदहलमा हिटलर पुन एक पटक मुस्कुराए । यो पटकको मुस्कानमा कुटिलता घोलिएको थियो । विदा हुनुपूर्व एक जोडदार मुट्ठी जातो घुमाएझै घुमाउदै संसदबाट बाटो लागे ।

भुत्ल्याई सकिएकोलाई मात्र हैन, भुत्ल्याउन बाकीहरूलाई पनि एक बाजि भुत्ल्याएर फकाउन सकिन्छ, यदि आफूसंग चाहरा छ भने ।

जातो घुमाए झै मुट्ठी घुमाउने हिटलरको सन्देश यही नै थियो कि,

भुत्ल्याओ ।

दुवै हातले भुत्ल्याओ ।

अटेरीहरूलाई भुत्ल्याएरै काबुमा ल्याओ ।

र अन्तमा चाहरा फ्याकेर फकाओ ।

जर्मन सान्सदहरूले कुरा वुझिहाले । भाले काटेर भोज खुवाउन हैन, जनता के हुन्, संसदलाई लेक्चर दिन आएका थिए हिटलर ।
कुखुरालाई प्रतिकात्मक विम्ब बनाएर हिटलर वाहिरिए ।

,,,,,,

सदियौ वर्ष पूर्व हिटलरले निर्दिष्ट गरिदिएको नेपाली राजनीतिको एउटा सजीव मोडेल, जुन अहिले चालू छ । हिटलरका नया अवतारहरू चामलका पोका वोकेर यतिखेर वस्ति बस्ति डुलिरहेका छन् । ग्यासका सिलिण्डर बोकी चूल्हों चूल्हों पुगिरहेका छन् । ओखतिका ट्याव्लेट बोकी विरामीको वेडसम्म पनि भ्याएकै छन् ।

अझ कैयौ त खेतका गरा(गरा, बारीका पाटा पाटामा गएर बालि नालि लगाइदिनेर भित्राउने काममा व्यस्त रहेको पनि देख्न सकिन्छ ।

पेशागत चर्मकारहरूलाई आजीवन छि स् छिस् दूरदूर गर्नेहरू चोकचोकमा बसेर जदौ गर्ने,आउने जानेहरूको जुत्ता पालिस गर्नेसम्मको गतिविधि गरेको पनि देखेकै छम् ।

हो, यी अधिकाङ्श तिनै हुन् जसले हिजोका दिनमा हिटलरले कुखूरा भुत्ल्याए झै गरि नेपाली जनतालाई भुत्ल्याए । जनताले बोल्न पाएनन । आफूले चाहेको शासन व्यवस्था रोज्न पाएनन । जसले दाशतालाई स्वीकार्यो, उसले कृपा पायो । क्षमा पायो । जसले रैती बन्न इन्कार गर्यो, उसले वारूद गोलि खायो । आतंककारीको विल्ला पायो ।

सोझो मुखले, शान्त भावले,भद्र तवरले असन्तुष्टि पोख्ने नागरिकको घर(घर छिरेर डढेलो झोसियो ।… किन त ?

किलो शेरा टू र सर्च एण्ड डिष्ट्रोय,,,, घाटी निचोर्ने । गोलिले भुट्ने । बुटले दवाउने ।,,,लाइनमा राखेर तारो हान्ने, धूवामा उडाउने,,,,, यो सवै के का लागि थियो त ?

मैना सुनारहरू किन वलात्कृत हुदै मारिए ?

शान्ति वार्ताकै क्रममा दोरम्बामा ज्ञढ निहत्थाको कत्लेआम किन गरियो ?

जिउदै खाल्डो खन्दैरपुर्दै शिवपुरीको जंगल नागरिकका चिहानले किन भरिए ?

विश्वभर प्रचलित राज्यव्यवस्था ल्याउन संविधानसभाको चुनाव गरौ भन्दा भारतदेखि बेल्जियमसम्म, अमेरिकादेखि वेलायतसम्मको सैन्य सामाग्रीरहतियारर लजिष्टिक रबम बारूद बटुलेर आफ्ना नागरिकमाथि ट्रिगर कसले दाब्यो ?

 

“आतंककारीसंग जम्मा भेट हुदा सुरक्षाकर्मीको कारवाही परि फलानो ठाउमा यति जना आतंककारीको मृत्यू भयो ।”

हरेक दिन विहान रेडियो नेपालको सात वजेको समाचारमा कम्तिमा दश जना आतंककारी त मरेकै हुन्थे । दिनको दश जनाको दरले दश वर्षसम्म कति मारिएछन्, तत्कालिन समाचार वाचिका कोमल वली दिदीले पक्कै वताउनेछिन् । उनले वताइनन भने ध्रुव थापा छन् । प्रवीण गिरीहरू छन् , हरीश चन्दहरू छन् , सोध्दा भै त गो ।

मान्छेले पाएको एकवारको जुनिमा रैतिवाट नागरिक बन्छु भन्न नपाउने रु मारिहाल्नु पर्ने ?

मारिएका १७ हजार मध्ये १३ हजार जनको निर्मम हत्या कसले गर्यो, आँकडा बोलेको छैन र ? अनि उल्टै बिद्रोही पक्षलाई हत्याराको बिल्ला भिराउने ?

तत्कालिन सत्ताले तीन चौथाई भन्दा ज्यादा मानिस मार्यो । ती सबै काखमा राखेर माया गर्दागर्दै मरेका हुन् त ?

आज आएर वल्ल वल्ल हटाईएको यस्तो ज्याद्रो ज्यानमारा राज्य चै किन फर्काउनुपर्ने ?

यस्ता असंख्य-असंख्य प्रश्नहरू छन् ।

र, आजको यो व्यवस्थाले चाहे ती जतिसुकै उपल्लो स्तरका शासकरप्रशासक किन नहुन, प्रश्न गर्न सक्ने अधिकार दिलाएको छ । जवाफदेहिताको सुनिश्चितता प्रदान गरेको छ ।

तर हिटलरद्वारा परिचालित गोयवल्सहरू विभिन्न खालका भ्रम छर्दै हाम्रो यो अधिकारलाई लुट्न चाहिरहेका छन् ।

जुन व्यवस्थाले राज्यसत्ता विरूद्द बोल्ने अधिकार दिएको छ , त्यै व्यवस्थाको विरुद्दमा यिनिहरू खनिएका छन् । यो व्यवस्थाकै जगमा निर्मित सबैभन्दा उत्कृष्ठ र समृद्द पालिका देख्दा यिनको दिल किन जलेको होला ?

अभियन्ताको जामा पहिरिएका फ्यूहररका खेतलाहरू यस यूगकै उत्कृष्ठ जनप्रतिनीधिमाथि किन धावा बोलिरहेका होलान् ?समृद्दरसमुन्नतर विकसित क्षेत्ररभूगोल देख्नै नहुने । खुशी अनि सुखी नागरिक देख्नै नहुने के भएको होला ?

डाहले पोल्ने, छट्पटिने, वकबकाउने अपराधिक मनोवृत्ति बोकेका यी र यस्ता मान्छेहरूको उदेश्य के होला, जो घरघरमा पुगेर चामलका पोका बाडेको स्वाङ रचिरहेका छन् ?

खेतलाहरू भन्दैछन्,
“यो व्यवस्था पुरानो भयो । नेता पुराना भए । तिनका शान सौकत राजा महाराजाको जस्तै विलासी भयो । पुराना फालौ, नया रोजौ ।

२४० वर्षे थाङ्नेहरूको रून्चे ऐलान हो यो । दफन हुन बाकी जडको दारूण चित्कार हो यो ।

यदि हामीले छानेका नेता राजा(महाराजा भएछन् भने पाच बर्षमा घाटमा सेलाउने हुति हामीसंगै छ । समाधान हामीसंगै छ, त्यसैले यो कुनै समस्या हैन । तर, तिनले जुन कूव्यवस्थाको वकालत गर्दै वर्तमान व्यवस्थामाथि प्रहार केन्द्रित गरिरहेछन्, कुनै पनि मूल्यमा स्वीकार्य छैन । तिनले नियुक्त गर्न खोजेको शासक अपरिवर्तनीय छ । समस्या नै यही हो ।

भोली वदमाशी गरिहाल्यो भने पनि निकाल्न सक्ने अधिकार त दूर, चुइक्क बोले मात्र पनि बिगतमा झैं ज्यान गायव पारिन सक्छ । के यही दिन ल्याउन नपाएर यी अभियान्ताहरू छटपटाई रहेका हुन् रु यीनलाई अझै छट्पटाउन दिऔं ।

विविसिमा काम गर्ने एउटा पूर्व पत्रकार छन्, जसको नारा नै “दिन पाइयोस्, खान पाइयोस् ।” भन्ने छ । यथार्थमा उनको मनसाय चै ुमाग्न पाइयोस्, खान पाइयोस् ।ु भन्ने नै हो ।

वास्तवमा यो नारा भित्र दरिद्रताको चरम प्यास उर्लिएको छ । हात थाप्ने र थपाउने भन्दा परको सोच नै छैन ।

प्राकृतिक न्यायको सिद्दान्तले प्रदत्त अधिकारले भन्दा पनि दान दक्षिणा चन्दा भेटिले जीन्दगी गुजार्ने वाहेक परको सोच छैन । आफू दिने ठाउमा, र अरू हात थाप्ने ठाउमा रहिदिनु यसभित्रको उत्कट अभिलाषा हो । हो, यही अभिलाषाले घाटिघाटि भएकाहरूले समृद्द नेपालरसुखी नेपाली नागरिकलाई देखि सहन्न । जव दाशहरू वाकी रहन्नन, मालिकहरूलाई आफ्नो अस्तित्वको चिन्ता रहन्छ ।

अभियन्ताको फुलि भिरेर भरतपुरमा कोलाहल मच्चाउने तिनै मध्येको एक मालिक हो । दाशहरूको उन्मूलन गरियो भन्दै आत्तिएको हो । चिच्याएको हो । हाम्रो लागि जन्मिएका सेवक र सुसारेहरूलाई भड्काइयो भन्दै रोएको हो । आयन्दा यसो नगर्न चेतावनी दिईएको हो ।

के अव यो सवै हर्कत स्वीकार्य हुन सक्छ रु ग्राह्य हुन सक्छ ? यी मालिकहरुका लागि हाम्रा आमाहरूले थप दाशहरू जन्माउन सक्छन् ? चम्मर हल्लाउदै सेवामा हाजिर हुने सेवक र सुसारेहरू जन्माउन सक्छन् ?

कदाचित ।

एक्काइशौ शताब्दीका नेपाली जनता हिटलरको भाले बन्न मन्जुर छैनन । आफ्नो चाहरा खल्तिमै राख । पछि आफैलाई काम आउछ ।