पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने : : प्रधानमन्त्री देउवा

बैशाख २४ , तनहुँ ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताउनु भएको छ  ।नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको  हो ।

ओलीले आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि नदिने जस्तो ओलीको तानाशाही प्रवृत्ति रोक्नका लागि गठबन्धन गरिएको देउवाले बताउनु भयो  ।  ओलीले पटकपटक संसद्‍ विघटन गरेको समरण गराउदै  देउवाले भन्नु भयो  , ‘एमाले अध्यक्ष केपी ओली आफैं अविश्वासको प्रस्ताव पनि राख्छन् र सामना गर्नुपर्ने ठाउँमा संसद्‍ विघटन गरी चल्नै दिँदैनन् । फिर्ता भएको संसद्‍ पनि ओलीजीले चल्न नदिने जथाभावी संसद भंग गर्दिने ।’

यस्तै  प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको पनि बताएउदै  यसलाई स्थानीय निर्वाचनमा मात्रै नभई प्रदेश र संघको निर्वाचनसम्म लैजाने र अहिलेको एउटै उद्देश्य गठबन्धनलाई सफल पर्नु रहेको बताउनु भयो  ।

Loading...