उपत्यकाको चार विनायक मध्ये एक मानिएको मनोरम प्राकृतिक स्वरूपले धनी भक्तपुरको सुर्य विनायक काठमाडौँ बात पुर्व र भक्तपुर नगरबाट दाक्षिण सिपाडोल गाबिसको डाँडामा रहेको सूर्यविनायकलाई नेपालभाषामा इनाय गणेद्य: भनिन्छ । काठमाडौ उपत्यकामा सुर्योदय हुँदा सूर्यको किरण जुन ढुंगा रुपी देवतामा पर्छ त्यसले बनाएको छायालाइ इनाय भनिएको कथन पाइन्छ । नेपालभाषामा गणेश वा सर्वसाधारणबीच इनाय गणेशअनेक किम्वादन्ति रहेका छन् । ति मध्ये एउटा आख्यान अनुसार गुणनीधि ब्राम्हणकी पत्नी लिलावतिर र निजका एक छोरासँग जोडिएको छ । गुणनिधि ब्राम्हण दिनहूँ बिहान उठी पशुपतिनाथको दर्शन गर्न जाने क्रममा एकदिन पशुपतिबाट घर फर्कदा उनीहरूको सात वर्षीय छोरा मृत अवस्थामा देखे । विदारक अवस्थादेखि ब्राम्हण र ब्राम्हणी अनेकी विलौना गर्न पाने बिलोनाबाट भगवान पशुपतिनाथले ब्राम्हणाणलाई भनेछन्- बिहान सबेरै सर्वप्रथम जहाँ हुन्छ त्यही मृत बालकलाई सुताऊ तिम्रो बालक जीवित हुनेछ । नभन्दै लामलाई पहिलो सूर्यको आउने ठाउँमा सुताउंदा बालक जीवित भएछ । समयदेखि ढुंगाको त्यो प्राकृतिक देवतालाई सूर्यविनायक भन्न थालिएको हो । शिखरशैलीमा सूर्यविनायक मन्दिर क्षेत्रमा ने.स. ६०३ ९ १३ ९९ ६ १०१० १०१६ को शिलालेख प्राप्त छ । सूर्यविनायक क्षेत्रको गुठियार राजथला , द्यला र मूलपुजारी कर्माचार्य रहने परम्परा छ । यहाँ प्रत्येक हप्ता मंगलबार र शनिवार भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । सूर्यविनायकको मन्दिर सातौ शताव्दिमा बनेको बताइन्छ । मन्दिरपरिसरमा आकर्षक फल्चापाटी , मजनस्थल , बहान मुमा स्तम्भ , दुगेधारा , अनेक देवीदेवताका मूर्ति पनि छन् । प्रत्येक बिहान गुठीका राजथला , सुवाल , ज्यापु , द्यला , आचाजु , कर्माचार्य , नेवार समुदायद्वारा श्री नित्यपूजा चलाउने सूर्यविनायक विशुद्ध तान्त्रिक पद्धतिमा आधारित देवता हुन् । यहाँ घोडेजाको भोलिपल्ट , वैशाखको बिस्केट जात्रा , जनैपूर्णिमाको बेला खटनावश हुन्छ । गुठी जग्गाको आयोतबाट नित्यपूजा , जात्रा पर्व गुठी चलाईन्छ ।