गठबन्धनको सभामा सन्दीप क्षेत्रीकाे सम्वाेधन, रेणुले जित्नेमा ढुक्क :

रेनुको पक्षमा खुल्दै सन्दीप क्षेत्रीले प्रचण्डलाई भने : गज्जबको छोरी पाउनुभयो, ढुक्क हुनुस्

काठमाडौं । कलाकार सन्दिप क्षेत्री पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजित चुनावी सभामा सहभागी भएका छन्। 

उनी भरतपुरको हाकिम चोकस्थित बसपार्कमा जारी चुनावी सभामा सहभागी भएका हुन्। 

क्षेत्रीले चुनावी सभालाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाको प्रमुखका लागि सत्ता गठबन्धनले अघि सारेकी उम्मेदवार रेनु दाहाललाई ‘दिदी’ भनेर सम्बोधन गरेका छन्। 

‘मेरो ससुराली यहीँ हो। अर्कै कामले आएको थिएँ। दिदीको कार्यक्रम छ भनेर आऊँ आऊँ लाग्यो। चेतन दाइ (कलाकार चेतन सापकोटा) सँग सल्लाह गरेर आएँ,’ उनले भने, ‘रेनु दिदी, किन भने दाहाल भन्दा कता कता बुवासँग जोडिन पुग्छ।’

क्षेत्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गज्जबको छोरी पाएको भन्दै रेनुको प्रशंसा समेत गरे।

‘कमरेड प्रचण्डसँग भन्न चाहन्छु– ढुक्क हुनुस्। छोरी गज्जबको पाउनुभएको छ। पिताको हिसाबले गौरवान्वित हुनुस्। ढुक्क हुनुस्।’

Loading...