कांग्रेस र एमालेबीच पूर्वी नवलपरासीमा झडप, आधा दर्जन घाइते

गैंडाकोट । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा झडप भएको छ ।

झडपमा दुवैतर्फका गरी आधा दर्जन ६ घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।

Loading...