भक्तपुर । आज शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाले सांगीतिक तहल्का मच्चाउने भएका छन् ।
भक्तपुर को १०८ रोपनि खुला चौरमा आयोजित औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो ।
आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार कन्सर्टमा दुश्मन हेरेको हेरै लगायतका दर्जनौ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ । त्यसैगरी कन्सटमा खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।
अध्यक्ष महतका अनुसार, दुर्गश र प्रमोद खरेलले पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडि एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलव्ध हुन लागेको अध्यक्ष महतले बताए । कन्सर्टमा खरेलले झ्यालबाट हेर लगायतका चर्चित गीत सुन्न सकिने छ ।
कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय पचास र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ ।







