दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् । नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका […]
मुख्य समाचार
हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ
उदयपुर । हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । घरमा कोही नभएको बेला शंकास्पद रूपमा मृत भेटिएकी सुखनीदेवीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ […]
लक्ष्यअनुसार मतपत्र छपाइको काम सकियो, ६५ जिल्लामा ढुवानी
बैशाख २१, काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो । आयोगका उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको छ । केही पालिकाको पुनः छाप्नुपर्ने […]
कांग्रेस र एमालेबीच पूर्वी नवलपरासीमा झडप, आधा दर्जन घाइते
गैंडाकोट । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा झडप भएको छ । झडपमा दुवैतर्फका गरी आधा दर्जन ६ घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार […]
बुद्ध एयरले काठमाडौं–बनारस उडान पुनः सुचारु गर्ने
काठमाडौँ । बुद्ध एयरले मे २३ बाट बनारस उडान पुनः सुचारु गर्ने भएको छ। बुद्धले हप्तामा दुईदिन उडान भर्ने भएको हो। बुद्ध एयरका अनुसार सोमबार र शुक्रबार उडान हुने भएको छ। उडान सुरू भएको केही समयपछि बुधबार पनि हुने जनाएको छ। हाल एकतर्फी भाडा ८ हजार ५११ रूपैयाँ तोकिएको छ। उडान समय ५० मिनेटको हुने […]
भरतपुरमा गठबन्धनले संयुक्त सभा आयोजना गर्ने, दलका शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले बताए। सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा […]
काठमाडौं महानगर उपमेयरमा एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, २० बैशाख । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो । यही १६ वैशाख १६ मा परेको उजुरीमा […]
आयोगले केशव स्थापितसँग २४ घन्टे स्पष्टीकरण सोध्नुको कारण यस्तो छ
बैशाख १९, काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । बिहिबार एउटा कलेजमा प्रश्न गरेका एक महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज सोमबार एक पत्र पठाइ स्थापितसँग २४ घन्टे स्पष्टीकरण मागेको हो । यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको […]
आईजीपी बढुवा चर्को विवादमा, दुई एआईजीले मुद्दा लड्न लामो विदा लेखेर छाडे हेर्डक्वार्टर
काठमाडौँ । सरकारले नयाँ आईजीपी नियुक्त गरेसँगै नेपाल प्रहरीमा विवाद बढेको छ । आईजीपी बढुवा प्रकरणमा असन्तुष्टि जनाउँदै दुई एआईजीले लामो बिदा समेत लिएका छन् । एआईजी विश्वराज पोखरेल र एआईजी सहकुल थापाले आईजीपी बढुवाप्रति असन्तुष्टि जनाउँदै लामो विदा लिएका छन् । श्रोतका अनुसार एआईजी विश्वराज पोखरेलले एक महिना र थापाले १० दिनको बिदा लिएका […]
आयोग प्रमुख थपलियाको अभिव्यक्ति केपी ओलीसँगै मिलेको भन्दै नेता पुनले जनाए आपत्ती
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्तलाई निष्पक्ष भूमिकामा रहन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आग्रह गरेका छन् । आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया र एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति एउटै एउटै भएको भन्दै नेता पुनले यस्तो आग्रह गरेका हुन् । मे दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिप्रति […]











