बालेन शाह अन्तराष्ट्रिय ठग होः केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले गम्भीर आरोप लगाएका छन् । आफ्नो अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आइरहने स्थापितले अर्का उम्मेदवार बालेन शाहलाई आफ्नो थर समेत ठगेको आरोप लगाएका हुन् । स्थापितको यो आरोपजनक अभिव्यक्तिलाई अराजनीतिक टिप्पणी भनेर सामाजिक सञ्जालमा आपत्ती जाइएको छ । आइतबार काठमाडौंमा आयोजित […]

तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

काठमाडौं । निर्वाचन आयोगले तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन गरेको छ । आयोगले बाजुराको बुढीगंगा गाउँपालिका, रौतहटको मौलापुर गाउँपालिका र महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएको आयोगले जनाएको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोगस्रोतले बतायो । आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ […]

प्रहरी प्रमुखमा धिरज प्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हाे । स्राेतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा प्रधानमन्त्री देउवाले अडान लिएपछि सिंह आईजीपीमा नियुक्त भएको बताइकाे […]

आचारसंहिता उल्लंघन गर्ने दुई नेता र तीन पार्टीलाई आयोगले गरायो सचेत

काठमाडौं ः निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ। अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई सचेत गराएको हो। यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई […]

आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिए

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । उनले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताउनु भयो । निर्वाचन आयोगको निर्वाचन […]

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ […]

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्।  बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्। उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए। बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको […]

शुक्लाफाँटा विवादपछि माओवादी केन्द्रले सुप इन्चार्ज भट्टको हस्ताक्षर खोस्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई प्रत्यायोजन गरिएको अधिकार खोसेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र केही अन्य स्थानीय तहमा प्रदेश कमिटीको निर्णयविपरीत उम्मेदवार मनोनयन गर्न लगाएपछि पार्टीले निर्वाचन आयोगको अभिलेखमा रहेको उनको दस्तखत हटाएर परिवर्तन गरेको हाे। माओवादी केन्द्रको आग्रहमा आयोगले भट्टको स्थानमा प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरीको […]

बुद्ध एयरको जहाजको टायर गौतमबुद्ध विमानस्थलमा पड्कियो

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ। भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो। उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्। जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब […]

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण प्रणालीमा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो । ११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड […]