बुद्ध एयरको जहाजको टायर गौतमबुद्ध विमानस्थलमा पड्कियो

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ।

भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो।

उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्।

जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको छ भने टायर पड्केको जहाजको चेकजाँच भइरहेको छ।

टायर पड्किएपछि अपराह्नसम्म अरु उडान अवरुद्ध भएको थियाे। अहिले अरु उडान सञ्चालन भएकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए।

Loading...