काठमाडौं । पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिले कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् । उक्त कार्यको आफूले विरोध गर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाको […]
मुख्य समाचार
बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर
काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुई जना गम्भीर भाइते भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनको अगाउपानीमा उनीहरूबीच शुक्रबार दिनभर झडप भएको प्रहरीले जनाएको छ । झडपमा […]
आलमलाई थुनामुक्त गर्न आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको छ । व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त […]
सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’
काठमाडौं । पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ । नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन हुने भएको छ । ‘कबड्डी ४’ सिड्नीको […]
बाह्रबीसे नगरका मेयर निमफुन्जोले पचासौं लाख हिनामिना गरेको खुलासा
काठमाडौं । सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका निवर्तमान प्रमुख निमफुन्जो शेर्पाले पचासौ लाख घोटाला गरेको खुलेको छ । सिन्धुपाल्चोकमै रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनामा विभिन्न सामान सप्लाई गर्ने कम्पनी डुबाएर शेर्पा उक्त टिमबाट भाग्दै हिडेका छन् । मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने छड, सिमेन्ट लगायतका सामानहरु सम्लाई गर्ने जिम्मेवारी लिएको रचित ट्रेड लिङ्क प्रा.लि.को […]
गठबन्धनको सभामा सन्दीप क्षेत्रीकाे सम्वाेधन, रेणुले जित्नेमा ढुक्क :
रेनुको पक्षमा खुल्दै सन्दीप क्षेत्रीले प्रचण्डलाई भने : गज्जबको छोरी पाउनुभयो, ढुक्क हुनुस् काठमाडौं । कलाकार सन्दिप क्षेत्री पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजित चुनावी सभामा सहभागी भएका छन्। उनी भरतपुरको हाकिम चोकस्थित बसपार्कमा जारी चुनावी सभामा सहभागी भएका हुन्। क्षेत्रीले चुनावी सभालाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाको प्रमुखका लागि सत्ता गठबन्धनले अघि सारेकी उम्मेदवार […]
प्रहरी प्रमुखमा धिरजलाई नै निरन्तरता, सर्वोच्चले दिएन अन्तरिम आदेशु
काठमाडौं । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि त्यसविरुद्ध अदालत गए पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
इराकमा चलेको बालुवाको आँधीले हजार बढी अस्पताल भर्ना
एजेन्सी । इराकमा बालुवाको आँधी आउँदा १ हजार जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि १ हजार भन्दा धेरै अस्पताल भर्ना भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । राजधानी बगदाद र पश्चिममा रहेको अनबरसहित इराकका १८ मध्ये ६ प्रान्त बालुवाको आँधीबाट प्रभावित भएको जनाइएको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी जनाएका छन् । यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप […]
जाजरकोटको कुशेमा गोली चल्यो, विभिन्न दलका कार्यकर्ताबीच झडप
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो झडप भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा झडक भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले […]










