साउदी राज परिवारका तीन वरिष्ठतम सदस्य अचानक पक्राउ

साउदी, २४ फागुन । साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको […]

साताव्यापी कारखाना मेला स्थगित

काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको  अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् । फाल्गुन २४ गतेदेखि चैत १ गतेसम्म मेला सञ्चालन हुने तय भएपनि स्थगित गरिएको हो । मेला स्थगित भएपनि कारखानाको कार्यालयमा आएर शैक्षिक साम्रगीको अवलोकन […]

धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

कैलाली ।  धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को […]

चार विधेयक छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए […]

विद्यालय बन्द हुँदैनन्, एसईई पनि रोकिदैन, हल्लाको पछि नलागौं– शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा गरिएको साथै, एसईई परीक्षा नै स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । मन्त्रालयले भनेको […]

अमेरिकी पर्यटकसँगै भुटान पुग्यो कोरोना भाइरस

काठमाडाैं, २३ फागुन । एकजना अमेरिकी पर्यटकमार्फत हिमाली राज्य भुटानमा पनि कोरोना भाइरस पुगेको छ। गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटाले सजगता अपनाएको छ। थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ। […]

आज मेघ गर्जन चट्याङ र असिना पानीको सम्भावना

काठमाडौँ, २३ फागुन । आज चट्याङ र असिना पानीको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो । महाशाखाले हाल हाल देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य […]

(कोभिड–१९) को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९)  सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन […]

विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने

२३ फागुन । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी […]

यि चार विधेयक दफावर छलफलका लागि समितिमा

काठमाडौँ, २३ फागुन । आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी […]