काठमाडौं । पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ । नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन हुने भएको छ ।
‘कबड्डी ४’ सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ र सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारेखका दिन प्रदर्शन हुने जानकारी गराएका छन् । कबड्डीको प्रत्येक सिरिजले अष्ट्रेलियामा राम्रो दर्शक पाइरहेको छ । यसले पनि राम्रो व्यापार गर्ने अष्ट्रेलिया राइट्स लिएका रोशन भट्टराईले बताए । ‘हामीले कबड्डी देखि नै फिल्म देखाइरहेका छौं । दर्शकको डिमाण्डसँगै कबड्डी सिरिजले नेपाली फिल्मको बजार समेत बढाउन मदत गरेको छ’ भट्टराईले भने ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, अरुण कार्की लगायतको अभिनय रहेको छ ।