महानगर उम्मेदवार सिर्जना सिंहलाइ बुद्धिजिवी समाजकाे यस्तो सुझाव

काठमाडौँ, २३ बैशाख।  काठमाडौँ महानगरपालिकामा मेयर पदमा नेपली कांग्रेसको तर्फबाट उमेदवार बनेकी सिर्जना सिंहलाइ बुद्धिजीवी समाजले विभिन्न सुझाव दिएकाे छ।महानगरको भित्रि शहरमा रहेका नेवा: समुदायका ज्यापु बुद्धिजीविहरुको भेलामा बिहिबार सिंहलाइ नजिकिएको निर्वाचन र आउदा दिनमा गर्नुपर्ने दायित्व तथा जिम्मेवारीका विषयमा विभिन्न सल्लाह तथा सुझाव दिइएकाे हाे। 
ज्यापु संस्कृति बिकास कोषका उपध्क्ष सन्तलाल महर्जनले संचालन गरेको बुद्धिजीविहरुको उक्त भेला कार्यक्रममा अधिकांस सहभागीले आगामी महानगर पालिकाको नेतृत्व र  गर्नुपर्ने कामका बारे सुझाव ब्यक्त गरे। काठमाडौँ महानगर पालिकाको प्रमुख पदमा उमेदवार सिंहले विजय भएमा पहिलो काम काठमाडौँलाइ चिनाउने सम्पदा, संस्कार, मौलिक परम्परा बचाउने, भाषा उत्थानमा कामगर्नु पर्ने उनीहरुकाे सुझाव थियाे।

उमेदवार सिंहले बुद्धिजीविहरुको सल्लाह सुझावपछि आफुले गरेका संकल्पहरु सेवा र सुशासन, महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने, भ्रष्ट्राचार मुक्त, पुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडाैं महानगरलाई स्थापित गर्ने, संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने, शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुनर्स्थापना सहितको ‘शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरिय अस्पतालको संचालन गर्ने, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति बिपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने, काठमाडौं महानगरलाई जिराे वेस्ट नगरपालिका बनाउने, पिउन योग्य पानी, स्वाास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, बन, हिटी, इनार, पोखरी, बहाः फल्या आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाइता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्ने, विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्ने, संस्कृति, सम्पदा, र सभ्यता मौलिक ज्ञान, भाषा, जात्रा, बाजा गाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्बर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्ने, गुठी प्रणालीको प्रवर्धन/ संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्ने, सहज रुपमा हिँडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पुर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्ने, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने, उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने प्रतिवद्द रहे बताए।
यसै गरि महानगर पालिकाकि उप- प्रमुख हरि प्रभा श्रेष्ठ खड्गीले आफुले ५ बर्षे कार्येकलामा पूर्ण अनुभव पाएको र महिला नेतृत्व काठमाडौँ महानगरलाइ आवश्यक रहेको विचार ब्यक्त गरे। उहाले महानगरको प्रमुख पदमा सिंहले जिम्मेदारी सम्हाल्न अवसर पाए आफुले हासिल गरेका अनुभव र सल्लाह सहित महानगरलाई अझ समुन्नत तथा उत्कृष्ट नगरपालिकाको रुपमा हेर्न योग्य बनाउन सहायो गर्ने बताए।

 

Loading...