किर्तिमानी कल्पना संस्कृति शिरोमणी जोशीज्युको “कदम पुरस्कार २०७९” बाट सम्मानित

बैशाख २३ , ललितपुर ।       “….  उनी एक पत्रकार नारी, जो भइन सगरमाथा २ पटक आरोहण गरि, विश्व किर्तिमान स्थापित गर्ने विश्वका पहिलो ” स्त्रीरत्न ” उनी भइन अनि २१औं शताब्दी ई.की बीराङ्गना…..” ४ दशक अगावैदेखि संस्कृति र ईतिहासको खोजमूलक रोलम्बा प्रकाशन गर्दै आएको जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न “कदम पुरस्कार २०७९”मा पुरस्कृत भएकी किर्तिमानी कल्पना महर्जनको सम्मानमा संस्कृति शिरोमणी हरिराम जोशीले वाचन गर्नुभएको अभिब्यक्तिका अंश हुन माथिका हरफ । नेपाली ईतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय बिभागका पूर्व प्रमुख प्रा.डा. वीणा पौड्यालज्युको सभापतित्वमा बिहिवार आयोजित एक कार्यक्रममा युवा महिलाको अदम्य साहसले ईतिहास रचेर सफलताको प्रतीक बन्न सफल ललितपुर ठेचोवासी कल्पना महर्जनज्युलाई उक्त “कदम पुरस्कार २०७९” बाट सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाश मान सिंहको हातबाट महर्जनलाई दोसल्ला ओडाइ, ताम्र-सम्मानपत्र र रू. २५ हजार नगदसहित उक्त पुरस्कार प्रदान गरिएको थियो । घरगृहस्थी, पर्यटन पत्रकारिता देखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तरास्ट्रिय स्तरमा पुर्याउने महर्जनको सफल कदमप्रति सम्मान ब्यक्त गर्दै प्रमुख अतिथी सिंहज्युले भन्नुभयो, “नेपाली समाजको बिकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटन लगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरिय कार्यमा प्रेरणा बन्न सक्छिन भन्ने उदाहरण बनेकी कल्पना महर्जनलाई बधाई दिनु उनको साहस अगाडि सानै कुरा हो ।” उहाँले राज्यबाहेक समाजबाट पनि सम्मानित हुनुले अझ अर्थपूर्ण हौसला प्राप्त हुँदो रहेछ, यश अर्थमा पनि आयोजक जोशी रिसर्च ईन्स्टिच्युटलाई पनि हार्दिक धन्यवाद सहित कल्पनाज्युको सामाजिक सन्देश प्रबल होस भन्ने शुभकामना दिनुभयो । सम्मान ग्रहण गर्दै किर्तिमानी कल्पना महर्जनज्युले पर्यटन पत्रकारिता दौरान संस्कृतिविद जोशीज्युको सामिप्यता आभास पाएको बताउँदै भन्नुभयो, “सगरमाथा आरोहणको आँट गर्दादेखि नै हरिराम बा हर्षित हुनुहुन्थ्यो, त्यसलाई आजको कार्यक्रमबाट उहाँले फेरि ब्यक्त गर्नुभएको झै लाग्छ । मैले हासिल गरेको सफलताको कडीमा परिवार, अग्रजहरुको आशिर्वादसँगै दोस्रो पटकको आरोहण प्रयासदेखि हालसम्म गतिविधिमा ब्यवस्थापन गर्दै आउनुभएका एक्स्पिरियन्स आउटडोरका अध्यक्ष रविन्द्र महर्जन लगायत सबै सहयोगीप्रति आभारी छु । ” विश्व अग्लो चुचुरो चढ्नु अगाडी “सामाजिक सगरमाथा”लाई पनि चढ्नुपर्ने रहेछ भन्ने अनूभुत गरेकी कल्पना महर्जनको प्रयासमा आएका चुनौतीबारे अनि बालबिवाह रोकथामको लक्ष्य अभिया समेत संक्षिप्तमा समेटिएको उनको कथाबारे डक्युमेन्ट्री पनि सो कार्यक्रम प्रदर्षित गरिएको थियो । संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तम लोछ श्रेष्ठज्युले संचालन गर्नुभएको उक्त कार्यक्रममा बौद्ध विश्व बिद्यालयका पूर्व उपकूलपति प्रा.डा. त्रिरत्न मानन्धरज्यु, पूर्वमन्त्री ऋद्धिबाबा प्रधानज्युले सम्मानित महर्जनलाई बधाईसँगै आयोजक संस्था र त्यसका अध्यक्ष संस्कृति शिरोमणी जोशीज्युको सम्पादनमा तीन दशकसम्म निरन्तर रहेको नेपालको संस्कृति, सम्पदा र इतिहाससम्बन्धी एउटा उच्च कोटीको अनुसन्धानमूलक पत्रिका रोलम्ब जर्नल कार्यबारे पनि प्रकाश पार्नु भएको थियो । जोशी रिसर्च ईन्स्टिच्युटका तर्फबाट अध्यक्ष हरिराम जोशीज्युका सुपुत्र सुशिलराम जोशीले स्वागत मन्तब्य र २०१७ सालयता ६ दशकको यात्रापछिको बियोगलगत्तैपनि आफ्ना कलम-कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुकासाथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गर्नुभएको “कदम: अभिनव मेरा अनुभूति” पुस्तक एक प्रति सहभागी सबैमा बितरण गरिएको थियो । गत २०७८ बैशाख १४ गते दिवंगत हुनुभएका धर्मपत्नी कदम केशरीज्युको स्मृतिमा स्थापित “कदम पुरस्कार २०७९” बितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जन लगायतका थुप्रै संस्कृतिप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Loading...