जनप्रतिनिधि नै असुली धन्दामा, नाफाको लोभ देखाएर सर्वसाधारणको लाखौ झ्वाम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ब्राहबीसे नगरपालिकाका निवर्तमान मेयर निमफुन्जो शेर्पाले विभिन्न नाममा सर्वसाधारणबाट ठूलो पैसा असुल गरेको भेटिएको छ । सर्वसाधारणबाट ठूलो पैसा असुल गरेका शेर्पाले पैसा माग्दा भने धाकधम्की दिने गरेका छन् । मध्य भोटेकोशी जलविद्युत आयोजनासहितका कम्पनीमा शेयर हाल्न धेरै मानिससँग ठूलो रकम उठाएका शेर्पाले समाचार लेख्ने सन्चारमाध्यमलाई पनि विभिन्न मान्छे लगाएर धम्क्याउने गरेका […]

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शनिबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो […]

गोरखा कांग्रेसले गर्‍यो ६ जना बागीलाई कारबाही

गोरखा । नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् । कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का […]

शनिवार राष्ट्रिय सभागृहमा नमूना मतदान सम्पन्न

काठमाडौं । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नमूना मतदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले शनिवार निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम राखेको हो । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीलाई तालिम दिने सिलसिलामा नमूना मतदान गरिएको जनाएको छ । निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि […]

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट । बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सि १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एकएक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र […]

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो । जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ […]

चितवनमा एक लाखभन्दा बढी कुखुरामा बर्डफ्लु पुष्टि

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । […]

चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र पुग्यो

चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिका सहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा […]

क्युबाको होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते

हवाना । मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । ‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख […]

डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका […]