जनप्रतिनिधि नै असुली धन्दामा, नाफाको लोभ देखाएर सर्वसाधारणको लाखौ झ्वाम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ब्राहबीसे नगरपालिकाका निवर्तमान मेयर निमफुन्जो शेर्पाले विभिन्न नाममा सर्वसाधारणबाट ठूलो पैसा असुल गरेको भेटिएको छ । सर्वसाधारणबाट ठूलो पैसा असुल गरेका शेर्पाले पैसा माग्दा भने धाकधम्की दिने गरेका छन् ।

मध्य भोटेकोशी जलविद्युत आयोजनासहितका कम्पनीमा शेयर हाल्न धेरै मानिससँग ठूलो रकम उठाएका शेर्पाले समाचार लेख्ने सन्चारमाध्यमलाई पनि विभिन्न मान्छे लगाएर धम्क्याउने गरेका छन् । यसअघि उनले रचित ट्रेड लिंक प्रा.लि. नामक कम्पनीबाट उनले ५० लाख रकम निकालेर हिनामिना गरेको समाचार प्रकाशित भएको थियो । शेर्पाकै हस्ताक्षर चल्ने रचित ट्रेड लिंक नामक कम्पनीको खाता रहेको माछापुछ्रे बैंकबाट उनले कम्पनीका अरुलाई जानकारी नै नदिएर रकम निकासा गरी हिनामिना गरेका थिए । यसबारेमा उनीसँग प्रतिक्रिया माग्दा उनले आफूले रकम निकालेको तर त्यो रकम आफूले पाउनुपर्ने रकम मध्येको भएको दावी गरेका थिए । तर, समाचार प्रकाशित भएसँगै उनले विभिन्न मान्छेहरु लगाएर मिडियालाई धम्की दिने गरेका छन् ।

त्यससँगै शेर्पाले सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रका धेरै सर्वसाधारणको पैसा उठाएर नदिएको फेला परेको हो । रचित ट्रेड लिंक नामक कम्पनीमा उनले हिनामिना गरेको समाचार प्रकाशित भएसँगै बाह्रबीसेका केही सर्वसाधारणले निमफुन्जो शेर्पाले आफ्नो ठूलो पैसा खाइदिएको गुनासो लिएर आइपुगेका छन् ।

निमफुन्जो शेर्पाले बाह्रबीसे खुर्सानीबारीका कमलबहादुर श्रेष्ठको १० लाख रकम खाएर अहिलेसम्म दिएका छैनन । पटक पटक पैसा माग्दा निमफुन्जोले पैसा नदिएको श्रेष्ठको भनाई छ । निमफुन्जोले मध्य भोटेकोशी जलविद्युत आयोजनामा लगानी गर्ने भनेर डोलबहादुर श्रेष्ठको पनि २० लाख रकम लगेका थिए । आफू नगरपालिकाको मेयर भएका कारण आफू मार्फत नै कम्पनीमा लगानी गरे फाइदा हुने भन्दै लोभ देखाएका निमफुन्जोले लामो समयसम्म न त कम्पनीमा लगानी त्यो रकम लगानी गरे न त पैसा नै फिर्ता दिए । त्यसपछि डोलबहादुर श्रेष्ठले पैसा फिर्ता माग्दा निमफुन्जोले उल्टै उनका विरुद्ध प्रहरीमा उजुरी हालेका थिए । इलाका प्रहरी कार्यालय ब्राहबीसेमा नगरपालिकाका मेयरले ने उजुरी हालेपछि त्यसबारेमा यसअघि ठूलै छलफल भएको थियो । छलफलका क्रममा निमफुन्जोकै कमजोरी देखिएको र उनले पैसा तिर्न आनाकानी गरेर उल्टै उजुरी गरेको थाहा भएपछि त्यतिबेला निमफुन्जोले डोलबहादुरको १० लाख रकम तिरेका थिए । 

प्रहरी चौकीमा १० लाख तिरे पनि उनले अरुको रकम भने तिरेनन । कुनै समय निमफुन्जोकै दाहिने हात भएर काम गरेका कमलबहादुर श्रेष्ठ उनलाई छोडेर अर्को पार्टी प्रवेश गरे । तर, निमफुन्जोले अहिलेसम्म कमलको १० लाख रकम तिरेका छैनन । उनले त्यो सबै रकम रचित ट्रेड लिंक नामक कम्पनीमार्फत सेयर लगानी गर्नका लागि उठाएका हुन् । 

हामीलाई बाह्रबीसेका धेरै सर्वसाधारणले निमफुन्जोले आफ्नो पैसा फिर्ता नदिएको बताएका छन् । उनी नगरपालिकाको मेयर भएको र राजनीतिक शक्तिकेन्द्रमा रहेकोले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गरेका छन् । रचित ट्रेड लिंक नामक कम्पनी देखाएर उनले ठूलो रकम उठाएको बुझिएको छ । सो कम्पनीमार्फत जलवद्युत आयोजनामा शेयर लगानी गर्न सर्वसाधारणबाट पैसा उठाए पनि उनले त्यो सबै पैसा व्यक्तिगत रुपमा प्रयोग गरेको स्रोतको दावी छ । सर्वसाधारणले आफूबाट लगेको पैसा माग्दा निमफुन्जोले कहिले प्रहरी प्रशासन त कहिले आफ्ना गुण्डागर्दीको लगाएर पैसा नदिने प्रपञ्च गर्दै आएका छन् ।

कम्पनीको नाममा ठूलो रकम उठाएपछि रचित ट्रेड लिंकका अन्य पार्टनरहरुले उक्त कम्पनीको नाममा उठाइएको रकमबारे कुनै जानकारी नभएको र जवाफदेही नहुने बताइसकेका छन् । त्यसपछि पनि उनले यो कम्पनीबाट पैसा उठाइरहेको कम्पनीका अन्य सन्चालकहरुले बताएका छन् । 

बाह्रबीसे नगरपालिकामा मेयर रहँदा उनले त्यस क्षेत्रका विभिन्न आयोजनामा काम गर्ने कम्पनीहरुबाट कमिसन वापत ठूलो रकम उठाएको प्रमाण फेला परेको छ । मध्य भोटेकोशीसहितका कम्पनीमा सामान सप्लाई गर्ने कम्पनीहरुबाट समेत ठूलो रकम असुली गर्ने गरेको थाहा भएको छ ।

 

यो पनि हेर्नुहोस्

बाह्रबीसे नगरका मेयर निमफुन्जोले पचासौं लाख हिनामिना गरेको खुलासा

Loading...