सुन्धाराको सीटीसी मल लिलामीमा

काठमाडौँ । सुन्धाराको सीटीसी मल लिलामीमा परेको छ। व्यवसायी इच्छाराज तामाङको सिभिल इस्टेट्स प्रा.लि.लाई सूचना कर्मचारी सञ्चय कोषले लिलामीमा राखेको हो। सीटीसी मलको १३२ वटा पसल कबोल लिलामी बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। सिभिल मल ६ रोपनी जग्गामा निर्माण भएको छ। ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङलाई गत असोज १८ मा नेपाल […]

सेनाले बनायो निर्वाचन सुरक्षाका लागि ८३४ ‘अप्रेसन बेस’, संसद भवनको सुरक्षामा पनि सेना

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी […]

दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ। कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो। उनको शव दाङ […]

आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौँ । आज मंगलबार मध्यरातिदेखि नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द हुँदैछन्। स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय सरकारले गरेको हो। निर्वाचनमो मौन अवधि पनि आज मध्यराति देखि नै सुरु हुँदैछ। मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। सीमावर्ती जिल्लाका […]

युक्रेन ईयूमा सामेल हुन एक दशक लाग्न सक्ने फ्रान्सका राष्ट्रपतिको भनाई

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेन ईयूमा सामेल हुन एक दशकभन्दा लामो समय लाग्न सक्ने बताएका छन्। सोमबार युरोपेली आयोग (ईयू)को संसदमा सम्बोधन गर्दै म्याक्रोँले यस्तो बताएका हुन्। म्याक्रोँले यसको सट्टामा युक्रेन तत्कालका लागि ईयूमा सामेल हुने प्रक्रिया चल्दै गर्दा समानान्तर युरोपेली समुदायमा सामेल हुन सक्ने बताएका छन्। समानान्तर सम युरोपेली समुदायमा आबद्ध भएपछि […]

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी ललितपुरमा मृत अवस्थामा भेटिएकी छिन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठका अनुसार ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु झुन्डिएको अवस्थामा भेटिएकी हुन्। ‘हिजो लुभुमा […]

नयाँ मतदाताहरूलाई मतदान केन्द्रबाटै मतदान अधिकृतले परिचयपत्र दिने

काठमाडौँ, २७ बैशाख । वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने भएको छ।   नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाराउने  निर्वाचन आयोगले जनाएको छ । पुरानो मतदाता […]

एक वर्षअघि जेलबाट छुटेका युवकको गएराति भरतपुरमा हत्या

चितवन । चितवनको भरतपुरमा गएराति हत्या गरिएका युवक एक वर्षअघि मात्रै जेलबाट छुटेको खुलेको छ। एक वर्षअघि जेलबाट छुटेका उनको दुई पक्षबीचको झगडाका कारण धारिलो हतियार प्रहार गरेर हत्या भएको हो। आइतवार साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-१२ निवासी अनिल परियार ‘कान’ को धारिलो हतियारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। […]

कांग्रेसले एमालेले लगाएका आरोपको पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्दै

काठमाडौँ, २६ बैशाख । सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो। कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। […]

मतगणना स्थलमा सिसीक्यामरा जडान

रसुवा । रसुवामा स्थानीय तह निर्वाचनको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिने भएको छ । हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए। मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको नेपालले बताए। यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको […]