कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल […]

पूर्वमन्त्री बस्नेत चढेको गाडी सल्यानबाट दाङ आउँदै गर्दा दुर्घटना

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए । उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र […]

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन […]

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका- […]

नुहाउने क्रममा डुबेर दुईको मृत्यु, एक बेपत्ता

दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न […]

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै

दोहा । कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि […]

श्रीलंकामा सेनालाई गोली हान्ने आदेश

कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन। सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ […]

परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने

बैशाख २७, काठमाडौं । वैशाख ३० गते हुने  स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएको छ ।  निर्वाचन आयोगले आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताउदै  नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको  बताउनु भयो ।  

सुन्धाराको सीटीसी मल लिलामीमा

काठमाडौँ । सुन्धाराको सीटीसी मल लिलामीमा परेको छ। व्यवसायी इच्छाराज तामाङको सिभिल इस्टेट्स प्रा.लि.लाई सूचना कर्मचारी सञ्चय कोषले लिलामीमा राखेको हो। सीटीसी मलको १३२ वटा पसल कबोल लिलामी बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। सिभिल मल ६ रोपनी जग्गामा निर्माण भएको छ। ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङलाई गत असोज १८ मा नेपाल […]

सेनाले बनायो निर्वाचन सुरक्षाका लागि ८३४ ‘अप्रेसन बेस’, संसद भवनको सुरक्षामा पनि सेना

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी […]