पूर्वमन्त्री बस्नेत चढेको गाडी सल्यानबाट दाङ आउँदै गर्दा दुर्घटना

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।

सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन् भने एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा पुतली खत्री, सुभाष शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन् ।

Loading...