डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।

जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका- ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी- ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएको जानकारी दिए ।

यस्तै, चालक अमरगढी नगरपालिका-७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका-२२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरेर उपचारका लागि धनगढीतर्फ पठाइएको छ । तीव्र गतिमा रहेको स्कारपीयोले रुवसकाँडाको घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

स्कारपीयो सडकबाट करिब डेढ समय मिटर तल भिरमा खसेको छ ।

Loading...