मतदानको निर्धारित समय सकियो, ७२ प्रतिशत मत खसेको आयोगको आँकलन

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको समय अपरान्ह ५ बजे सकिएको छ। बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ ।  तर, मत हाल्नका लागि ५ बजेभन्दा अगाडि मतदान केन्द्रमा […]

सुदूरपश्चिमका ५ ठाउँमा रोकियो मतदान

धनगढी । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ। पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी भोलाबहादुर रावलले जानकारी दिए। विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया रोकिएकोले […]

झडप, मतपेटिका फोड्ने, कर्मचारी कुट्ने भएपछि आयोगले पोख्यो दलहरुसँग असन्तुष्टि

काठमाडौँ । स्थानीय तहको निर्वाचनको ४० प्रतिशत मत खसे पनि दलहरूबाट सहयोग नपाएको भन्दै निर्वाचन आयोग राजनीतिक दलहरूसँग असन्तुष्ट बनेको छ। आयोग सबैभन्दा बढी गृहमन्त्री बालकृष्ण खाँणसँग असन्तुष्ट भएको स्रोतले जनाएको छ। शुक्रबार बिहान शान्तिपूर्ण सुरु भएको मतदान दिउँसोतिर केही स्थानमा दलहरुबीचकै विवादका कारण अवरुद्ध भएको छ। सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै आयोगले असन्तुष्टि जनाएको […]

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो। […]

स्याङ्जामा मतदाता बोकेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले बताए […]

काभ्रेको एक मतदान केन्द्रमा मतपेटिका तोडफोड

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले अनलाइनखबरलाई बताए । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताए ।

सिम्रोनगढमा कांग्रेस र लोसपाका कार्यकर्ताबीच झडप, मतदान रोकियो

बारा । बाराको सिम्रौनगढ नगरपालिका(२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

दैलेखमा एमाले र मजदुर किसान पार्टीबीच झडप

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई […]

सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा गरे मतदान

बैशाख ३०   , काठमाडौँ  –  काठमाडौं महानगरपालिका लागि नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले नेपाल युवक माध्यमिक बिद्यालयमा  मतदान गर्नु भयो  । काठमाडौं महानागपलिका १६ वडा को पकनाज्वल स्माथित बिहान आठ बजे नेपाल युवक माध्यमिक बिद्यालयमा  सिंहले  मतदान गर्नु भएको हो  ।  यसै गरि नेपाली कांग्रेसका  वरिष्ट नेता प्रकामतदान प्रकाश मान शिंहले पनि एकै साथ […]

शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक

  काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय , रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक […]