सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु

सुर्खेत । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ । वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर-८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो […]

झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

 काठमाडौं । झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।  निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा निर्वाचन प्रभावित भएको छ ।   ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना […]

मतदानको क्रममा उदयपुरमा गोली लागि एकको घटनास्थलमै मृत्यु, एक घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् […]

गठबन्धनले हिंसा भड्काएको आरोप लगाउँदै एमालेले उठायो पुनः मतदानको बहस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा […]

१७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था […]

काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न

बैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न भएको छ । अहिले मत पेटिकाहरू राष्ट्रिय सभा गृहभित्र ल्याउने क्रम जारि  छ । पाँच वटा काउन्टरमा ७ स्थानमा मत गणना हुनेछ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार  सर्वदलीय बैठक पछी  बैठकको निर्णयपछि मतगणना सुरु हुने छ  ।  

रौतहटमा मतपेटिका लुटियो

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित […]

पाँच स्थानको निर्वाचन स्थगित

काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।

उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । ​बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका […]

मतदानको निर्धारित समय सकियो, ७२ प्रतिशत मत खसेको आयोगको आँकलन

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको समय अपरान्ह ५ बजे सकिएको छ। बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ ।  तर, मत हाल्नका लागि ५ बजेभन्दा अगाडि मतदान केन्द्रमा […]