मतदानको क्रममा उदयपुरमा गोली लागि एकको घटनास्थलमै मृत्यु, एक घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागेको हो । कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिएपछि विवाद भएको र विवादको क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् ।

कटुवालको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन ।

Loading...