नयाँ मतदाताले पाएनन परिचयपत्र, मतदान गर्न नपाउनेको यस्ता छन् दुःख 

काठमाडौं, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासोको क्षेत्र रहेको काठमाडौंमा निकै कम मतदान भएको अनुमान गरिएको छ । यस पटकको निर्वाचनमा भाग लिन युवा पुस्ता उत्साहित भए पनि धेरैले आफ्नो मताधिकार प्रयोग गर्न नपाई मतदान स्थलबाट फर्कनु परेको छ ।

निर्वाचनको तीन दिन अगाडि आयोगले पत्रकार सम्मेलन गरि  मतदाता परिचय पत्र नभए पनि नागरिकता, लालपुर्जा लगायत परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने सूचना जारि गरेको समाचार विभिन्न संचार माध्यममा प्रकाशित गरे । सोही खबरले उत्साहका साथ निर्वाचन केन्द्रमा आएका मध्य एक पात्र हुन मनिका श्रेष्ठ । तर, उनले मतदान गर्न पाइनन । मतदान गर्न नपाउदा उनी निरास देखिइन । कालोपुलबाट ४५ मिनेट पैदल हिडेर काठमाडौँ महानगर पालिका २३ वडा बसन्तपुर मतदान केन्द्र पुगी नागरिकता देखाइ मतदान गर्न मतदान अधिकारि समक्ष पुग्दा लिष्टमा उनको नाम नै नभएको भनि फर्काइयो ।

“मैले यस अगाडिको निर्वाचनमा मतदान गरेको थिएँ । परिचय पत्र हराएको कारण नागरिकताले मतदान गर्न पाउछ भनेपछि हिडेरै बसन्तपुर आएँको हुँ । तर, लिष्टमा नाउ छैन भनि मलाई फर्काइयो । म जस्तै अरु पनि नाउ नभएर फर्किने धेरै थिए । आयोगले निर्वाचन मिति तोक्दा नै नाम छुटेकाहरुलाई फोटो खिचाई मतदाता परिचय पत्र बनाउनको लागि सूचना निकाल्नु पर्ने हो । तर, निर्वाचनको दुइ दिन अगाडी नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाराउने भनियो र सो दिनमा जादा रेकर्डमा भए मात्र पाउन जानकारी दियो । आयोगलाई मेरो प्रशंन छ , नाउ छुटेका र १८ बर्ष पुरा गरेका नागरिकले मतदान गर्नै नपाएको यो निर्वाचन कस्स्तो तैयारी हो ?” मनिकाले भनिन । 

यसैगरि अर्का एक युवा हुन– राजन वानिया । उनले पनि यस्तै दुखेसो सुनाए “ मैले यस अगाडीको निर्वाचनमा मतदान गर्न पाएन तर यस पटककोमा उमेर भएको मेरो छोरा सहित मतदान गर्ने ठुलो इच्छा थियो । मतदान हुने दुई दिन अगाडी नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाराउने भन्ने समाचारमा देखेंपछि मतदान केन्द्रमा सम्पर्क गरें । त्यहाँ रहेका अधिकारीले रेकर्डमा भएकालाई मात्र दिने भनेपछि कान्तिपथ स्थित निर्वाचन आयोगमै पुगे ।

मैले यसबारे सोध्दा समाचारमा आएका कुरा के के हुन्छ हुन्छ भन्ने  जवाब सुनेपछि नया १८ पुगेकाका लागि के गर्ने भन्दा ति कर्मचारीले फोटो खिच्नुस तर यसै महिना भित्रमा पाउन जवाब दिइ आउने संसदीय निर्वाचनमा मतदान गर्न पाउन सुनाए  । पुनः बसन्तपु निर्वाचन केन्द्र बसन्तपुर् पुगे र पहिलेकै अधिकारी संग यो कुरा राखे , उनले निर्वाचनको दिनमा साँझमा पुरानो रेकर्ड आउने र सो रेकर्ड हेरी यस्ता समस्या भएकाहरुलाई मतदान गराउने बताए । तर आज नकुनै अर्को पुरानो रेकर्ड थियो ,नत यस्ता छुटेकाहरुले मतदान नै गर्न पाएँ ।  ”

 

Loading...